नेपाल बैंक लिमिटेडले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति माग्यो
काठमाडौं । नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । जसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्ने भएको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङलाई यो ऋणपत्रको बिक्री प्रबन्धक नियुक्त गरिएको छ । नेपाल बैंकले “१०.५०प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर प्रदान हुनेछ ।
वि.सं.२०७९ असार १६ १७:०५




















