back
stc
prabhu insurance

रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई एक्वायर गर्ने

काठमाडौं । रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई एक्वायर गर्ने भएको छ । एक्वायर प्रस्ताव पारित गर्न दुवै कम्पनीको आज असार १७ गते विशेष साधारण सभा बस्दैछ ।

दुवै कम्पनीको विशेष साधारण सभा आ–आफ्नो केन्द्रीय कार्यालयमा हुनेछ । जसमा रैराङको बिहान ११ बजेदेखि र रिडीको दिउँसो १:३० बजेदेखि सुरु हुनेछ ।

दुवै कम्पनीले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने भएका छन् । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९३ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । यसर्थ, रैराङको १०० कित्ता सेयर हुनेले अब रिडीको नाममा ९३ कित्ता सेयर पाउनेछन् । सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन पनि गर्नेछ ।

एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।