back
prabhu insurance
himalayanlife

छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैन : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्या नहुने बताउनुभएको छ । nआज शुक्रवार काठमाण्डौमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

सरकारको १५ औँ पञ्चवर्षीय योजनामा विषय आइसकेको भन्दै अहिले कायम संरचना र अभ्यासबाट आउँदा दिनमा देशका लागि आवश्यक पर्ने कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देशमा कानुन विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उन्नत, बनाउन कानुन विश्वविद्यालयको अवधारणामा पनि पर्याप्त छलफल र बहस सुरु हुने अपेक्षा लिएकी छु ।

नेपाल सरकारको १५ औँ पञ्चवर्षी योजनामा यो विषय आइसकेको हुँदा छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्नका लागि कुनै कठिन कानुनी समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।’

राष्ट्रपति भण्डारीले देशलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास गर्दै कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानुपर्ने बताउनुभयो । कानुनी शिक्षा नै कानुनी शासन स्थापनको आधार भएको उहाँले बताउनुभयो ।