प्रदेश स्तरीय विपद् व्यवस्थापन एकिकृत अभ्यास ‘अभ्यास हातेमालो’सम्पन्न
काठमाडौ । सिरहा जिल्ला, कर्जन्हा नगरपालिका वडा नं। २ स्थित कमला नदीमा मनसुन पुर्व विपद् प्रतिकार्यको लागि गत असार १५ गतेदेखि असार १७ गतेसम्म ३ दिने प्रदेश स्तरीय विपद् व्यवस्थापन एकिकृत अभ्यास ‘अभ्यास हातेमालो’ सम्पन्न भएको छ ।
मधेश प्रदेशका मुख्य मन्त्री लाल बाबु राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा, डुवान क्षेत्रबाट प्रभावित Scenario बनाई Water Rescue का विभिन्न डेमोस्ट्रेशन सहित नेपाली सेनाकोDisaster Expert Team द्वारा Heli-Evacuation अभ्यासमा Rope तथा Basket Rescue को उद्धार अभ्यास गरिएको थियो ।
श्री नं. २७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी भरत चन्द्र गुरुङबाट स्वागत मन्तव्य सहित सुरु भएको उक्त समारोहमा मुख्य मन्त्री राउतले तराई मधेश क्षेत्रमा बर्षेनी हुने डुवान समस्याबाट पिडितहरुलाई उद्धार गर्न एकिकृत रुपमा मधेश प्रदेश सरकारको पहलमा विपद् व्यवस्थापन कार्यको लागि आवश्यक पर्ने स्थायी संयन्त्र खडा गर्नको लागि पहल गर्ने कुरा उल्लेख गर्नु भएको थियो ।
साथै, यस किसिमको अभ्यास एकिकृत रुपमा सफलतापुर्वक संचालन गर्न सहयोग गरेकोमा वहाँले नेपाली सेनालाई विशेष धन्यवाद दिनु भई सहभागीहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियो ।
साथै, उक्त समारोहमा विशिष्ट अतिथि प्रदेश गृह तथा संचार मन्त्री भरत प्रसाद शाह, गृह तथा संचार मन्त्रालयका सचिव, विभिन्न नगरपालिकाका मेयरहरु, गाउँपालिकाका अध्यक्षहरु, Disaster Subject Matter Expert लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रदेश प्रहरी प्रमुखहरु गरी करिब २०० जनाको उपस्थिति रहेको व्यहोरा जानकारी गराइएको छ ।
वि.सं.२०७९ असार १८ १२:३५




















