गायिका रानी शाक्यको स्वरमा रहेको गीत ‘म डुब्दै गएँ’ सार्वजनिक
काठमाडौं । गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ ।
गीतमा हरि उप्रेतीको शब्द, विकास चौधरीको सङ्गीत र एरेञ्ज छ । गीतमा गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् ।
सुनिल श्रेष्ठ प्रोडक्सन मेनेजर रहेको भिडियोमा उत्तम हुमागाईंको छायाङ्कन, माधव बेलबासीको सम्पादन र कलर तथा प्रहिल कार्कीको निर्देशन रहेको छ । भिडियो गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
वि.सं.२०७९ असार १८ १४:२०




















