नेपाल धितोपत्र बोर्डसँग सुपर मादी हाइड्रोपावरले ३१ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति माग्यो
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३१ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति मागेको हो । यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
सुपर मादीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीको ८०५ भन्दा बढी भौतिक कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ असार २० १८:३०


















