back
stc
prabhu insurance

२९ वटा प्रशोधित पानी उद्योगको अनुगमन

काठमाडौँ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्रता दिएको छ । वर्षाका बेला पानीका कारण झाडापखाला, टाइफाइड लगायतका रोग फैलिन थालेपछि विभागको अनुगमन टोलीले पानी उत्पादनमा लागू गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गरे वा नगरेको विषयमा अनुगमन गरेको हो ।

विभागका अनुसार सो टोलीले पछिल्लो दुई दिनमा २९ वटा प्रशोधित पानी उद्योगको अनुगमन गरी ती उद्योगबाट नमुना सङ्कलन गरी परीक्षणको तयारी गरेको छ ।

विभागका निर्देशक मोहनकृष्ण महर्जनले पानी उद्योगको अनुगमनका क्रममा अधिकांशले तोकेको मापदण्ड अनुसार सरसफाइमा ध्यान नदिएको, बोतलको सिलबन्दी राम्रोसँग नभएको, पुराना र कुच्चिएका जार प्रयोग भएको पाइएकाले त्यस प्रकारको समस्या तत्काल सुुधार गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।