back
stc
prabhu insurance

एलआइसी नेपालको बीमा प्रिमियम अब खल्तीबाट भुक्तानी

काठमाडौं । एलआएइसी नेपाल र खल्तीबीच सहकार्य भएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरुलाई बीमा प्रिमियम भुक्तानीमा सहज बनाउन एलआइसी नेपालसँग सहकार्य गरेको जनाएको छ ।

यसअघि विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआइसी नेपालको बीमा प्रिमियम भुक्तानीको नयाँ सुविधा थप गरेको हो ।

यससँगै खल्ती प्रयोगकर्ताले आफ्नो प्रिमियम भुक्तानीमा सहजता पाउने खल्तीले जनाएको छ ।

प्रिमियम तिर्नका लागि प्रयोगकर्ताहरुले नेपाल लाइफको बेवसाइटमा गई भुक्तानी विधिको रुपमा खल्तीको प्रयोग गर्नुपर्ने हुन्छ ।