back
stc
prabhu insurance

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को बिक्री खुला

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आज असार २२ गते बुधबार कार्यालय समयबाट नयाँ म्युचुअल फन्ड बिक्री बिक्री खुला गर्दैछ ।

क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ (म्युचुअल फन्ड युनिट) बिक्री खुला गरेको हो । यस फन्डले १२ करोड इकाई निष्कासन खुला छ । जसअनुसार यसले प्रतिइकाई १० रुपैयाँमा १ अर्ब २० करोड रुपैयाँ बराबरको फन्ड जारी गरेको हो ।

कुल इकाईमध्ये १५ प्रतिशत मध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

यसमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ४ गतेसम्म खुला रहनेछ ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइमएमई क्यापिटलले गरेको छ ।