back
stc
prabhu insurance

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको ८.९५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज असार २७ गते अन्तिम दिन हो । साउन ९ गते वार्षिक साधारण बोलाएको कम्पनीले मंगलबार असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्दैछ ।

यस आधारमा आज असार २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

एक्सेलले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसर्थ, बैंकले ९ करोड ७९ लाख २ हजार ३३१ रुपैयाँ बराबरको रकम बोनस सेयर वितरण्मा खर्च गर्नेछ । सभा सिद्धार्थ होटल, विर्तामोड झापामा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।