नबिल–एनबी बैंकबीच एकीकृत कारोबार शुरु
काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । एनबीलाई प्राप्ती गरेको नबिल बैंकले आज असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हुन् ।
असार १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुसार नबिल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।
एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुगेको छ ।

वि.सं.२०७९ असार २७ १२:३०




















