back
stc
prabhu insurance

म्यूजिक नेपालले आइपीओ निष्कासन गर्ने

काठमाडौं । म्यूजिक नेपालले साधारण सेयर जारी गर्ने भएको छ । आइपीओ निष्कासनका लागि बिक्री बन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धकमा नियुक्ती गर्न क्यापिटल र म्यूजिक नेपालबीच दुई पक्षिय सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र म्यूजिक नेपालको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका छन् । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।

२०३९ साउन २४ गते स्थापना भएर २०४० बैशाख २ गतेदेखि सञ्चालनमा आएको म्यूजिक नेपालले नेपाली गीत सङ्गीतका एल्वमहरुको नियमित उत्पादन गरेको छ । यसलाई उद्योग(व्यवसायका रुपमा विकसित गर्न सकिन्छ भन्ने विश्वासले सुरुकै दिनमा रोयल्टी प्रथाको सुरु गरेको छ ।

बिभिन्न म्यूजिक कम्पनी तथा स्रष्टा कलाकारहरुसँगको सहकार्य समेत रहेको यस कम्पनी मूख्य डिजिटल प्लेटफर्मको रुपमा समेत कार्यरत रहेको छ ।

सबै भन्दा बढी सब्सक्राइबर भएको युटुब च्यानल भएको यस कम्पनीले अडियो, भिडियो तथा नेपाली चलचित्रहरु स्ट्रिमिङ्ग गर्न मिल्ने मोमो एप रहेको छ ।