back
stc
prabhu insurance

मल्टीपर्पस फाइनान्सको घट्यो नाफा

काठमाडौं । मल्टीपर्पस फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा फाइनान्सको समग्र वित्तीय अवस्था सन्तोषजनक देखिएको छैन ।

कम्पनीको खुद नाफा ७१.११प्रतिशतले घटेर ४० लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यसले १ करोड ४१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने २०.८१ प्रतिशतले बढेको छ ।

सञ्चालन नाफा भने ७८.६५ प्रतिशतले घटेको छ । सञ्चालन नाफा बेस्सरी घटेकाले खुद नाफामा पनि प्रभाव परेको हो ।

मल्टीपर्पसको निक्षेप संकलन र कर्जा लगानी भने वृद्धि भएको छ । असार मसान्तसम्ममा रिजर्भ कोष भने घटेर ३ करोड ६८ लाख रुपैयाँमा आएको छ ।

अघिल्लो वर्ष यसैअवधिमा रिजर्भमा ४ करोड ९० लाख रुपैयाँ रहेको थियो । खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ६४ पैसाले घटेर ९० पैसामा सीमित भएको छ ।

यसको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ९८ पैसा छ । कम्पनीको कस्ट अफ फन्ड घटेको छ। निष्कृय कर्जा दर पनि घटेको छ ।