back
stc
prabhu insurance

इजराइल र प्लेस्टाइनबीच तीन दिनको हिंसात्मक संघर्षपछि युद्ध विराम

एजेन्सी । इजराइल र प्लेस्टाइनबीच तीन दिनको हिंसात्मक संघर्षपछि युद्ध विराम भएको छ ।युद्ध विरामका लागि इजिप्टका मध्यस्थकर्ताले दुबैपक्षसँग वार्ता गरेका थिए ।

प्लेस्टायन स्लामिक जिहादका लडाकुहरुले स्थानीय समय अनुसार राति साडे ११ बजेबाट युद्ध विराम लागू भएको बताएका छन् । इजराइली प्रधानमन्त्री याइर लापिडको कार्यालयले युद्ध विराम भएको पुष्टि गरेको छ ।

इजराइल र प्लेस्टाइन बीच गाजापट्टीमा हालै भएको संघर्ष सन् २०२१ पछिको सबैभन्दा गम्भीर द्वन्द भएको विश्लेषकहरुले बताएका छन् ।

गाजापट्टीमा तीन दिन भएको संघर्षका क्रममा ४३ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । कयौं मानिस घाइते समेत भएका छन् । युद्ध विराम हुनु अघिसम्म दुबैपक्षबाट रकेट आक्रमण भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।