back
stc
prabhu insurance

क्वाति पुन्ही सापारू र गाइजात्रा विवाद !

काठमाडौं । नेवास् समुदायले हरेक पर्वलाई विशेष तिथि तोकेर मनाउँदै आएका छन् र हरेक पर्वको छुट्टाछुट्टै रित हुने भएकोले पर्वहरु एकैदिन मनाउन मिल्दैन अथवा अप्ठ्यारो पर्न जान्छ।

यो वर्ष सापारु मनाइने प्रतिपदा तिथि टुटेकाले आज श्रावण २७ गते क्वाति पुन्ही र सापारु एकैदिन पारेको छ। नेवास् समुदायले विशेष रुपले मनाउने यी दुई पर्वको भिन्नभिन्न रित छ।

क्वाति पुन्हिको दिन बिहानै पूजा गरि क्वाति बनाइ ब्याँजा नकेगु भनेर भ्यागुतालाई भात खुवाउने प्राचीन परम्परा छ भने सापारुको दिन साया भनेर पठाउनको लागि बिहानै देखि भोकै बसी कार्यहरु गर्नु पर्दछ।

यो वर्ष यहि अन्योल र विवादको बीचमा उपत्यका तीन जिल्लामा मतभेद हुने गरि छुट्टाछुट्टै निर्णय भएको छ।

काठमाडौमा श्रावण २७ गते क्वाति पुन्ही र २८ गते सापारु मनाउने भएको छ। किर्तिपुर र ललितपुरको दक्षिण भेगका विभिन्न बस्तिहरुमा पनि यहि निर्णय छ। तर मुख्य पाटनमा भने २७ गते नै क्वाति पुन्ही र सापारु मनाइने भएको छ भने सापारुको भोलिपल्ट मनाइने मतया पर्व २८ गते मनाउने भएको छ। यस्तै भक्तपुरमा भने श्रावण २६ गते क्वाति पुन्ही र २७ गते सापारु मनाउने भएको छ।

नेवा समुदायमा एकता कायम नभइकन मतभेद भएको देखिन्छ। यो निर्णयको हिसाबले काठमाडौमा क्वाति पुन्ही भनेर क्वाति पकाएर मनाइरहँदा भक्तपुरमा सापारु मनाइरहेको छ र काठमाडौमा सापारु मनाइरहँदा पाटनमा भने अघिल्लो दिनमा नै सकेर मतया पर्व मनाइरहेको हुनेछ।

आखिर कहिले सम्म यस्तो मतभेद र अन्योलता रु कहिले दशैंको तिथि, कहिले तिहारको तिथी।।। अनि यहि तिथि अन्योलताले गर्दा अघिल्लो दिन र पछिल्लो दिन गरि पर्व पनि विभाजित हुँदै गएको नेवास् समुदायको लागि भनेर खोलिएका यति धेरै संघ(संस्थाहरु सबै मिलेर गुथी तथा सम्बन्धित निकायसँग छलफल गरि अलग्गै पात्रो निकाल्न पर्ने देखिन्छ।