back
stc
prabhu insurance

टानको निर्वाचनमा एमाले र कांग्रेस मिले

काठमाडौं । टानको ४४ औं अधिवेशन २०७९ साउन ३० गते हयात होटलमा हुँदैछ । उक्त अधिवेशनले नयाँ कार्यसमिति सदस्यको पनि चयन गर्दैछ ।

उक्त चुनावका लागि ठमेल, पाटन, भक्तपुरका पर्यटन व्यवसायीहरुमा निकै उत्साह छाएको छ । उनीहरुको चहलपहल पनि निकै बढेको छ ।

प्रचार–प्रसारको अन्तिम समयतिर लागेपछि उम्मेदवारहरु पनि दौडधुपमा लागेका छन । २०७९ साउन ३० गते आआफ्नो र प्रचारप्रसार गर्नेछन् ।

अहिले टानको अध्यक्षमा तीन जना उम्मेदवार मैदानमा उत्रिएका छन् । कांग्रेस र एमालेको तर्फबाट नीलहरि वास्तोला अध्यक्षको उम्मेदवार भएका छन् । उनी कांग्रेसका तर्फबाट उम्मेदवार हुन् ।

एमालेले पनि उनैलाई समर्थन गरेको जनाएको छ । वरिष्ठ उपाध्ययक्ष र महासचिव लिएर एमालेले कांग्रेससँग गठबन्धन गरेको छ । नेकपा (माओवादी केन्द्र) विरुद्ध एमाले र कांग्रेसले गठबन्धन गरेपछि एमालेभित्र भने विवाद सुरु भएको छ ।

एमालेबाट टानमा अध्यक्ष भइसकेका सीताराम सापकोटा, चन्द्र रिजाल लगायत एनएमका पूर्वअध्यक्ष सन्तवीर लामा, भिटोफका अध्यक्ष धुब्र सिंखडा, एमाले पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्षसहितको पंक्तिले भने विद्रोह गरेका छन् । उनीहरुले कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रसँग गठबन्धन गरेका छन् ।

२०७९ साउन २० गते एमाले र माओवादी केन्द्र बीच वाम गठबन्धन गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार नै माओवादी केन्द्रले एमालेका अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद सापकोटालाई समर्थन गर्ने भनेर पत्र समेत दिएको थियो ।

तर, राजेन्द्र सापकोटाको विरोधमा रहेका एमालेकै अर्को पक्षले हतारहतार कांग्रेससँग सम्झौता गरेको भन्दै एमालेभित्र पनि विवाद भएको छ ।  त्यही विवादका कारण एमाले विभाजित भएको छ ।

अहिले सी।एन। पाण्डे र पूर्ण कुँवरको टोली कांग्रेसतिर लागेको छ,अन्य पर्यटन व्यवसायीहरु माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार कमल सापकोटाको पक्षमा लागेका छन् ।

एमालेको यो समूहले सापकोटा समूहबाट पनि महासचिव पाएको छ । दुईमध्ये जुन टीमले जिते पनि एमालेले महासचिव पाउने भने पक्का भएको छ । दुबै समूहबाट महासचिव पाएका कारण उक्त संभावना देखिएको छ ।

एमालेभित्रको विवाद उत्कर्षमा पुगेपछि संस्थापन क्षेत्रले राजेन्द्र सापकोटालाई भने कारबाही गर्ने निर्णय गरेको छ ।

उक्त कारबाहीप्रति सापकोटाले आपत्ति जनाएका छन् । यता स्वतन्त्रबाट वोधराज भण्डारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।