back
stc
prabhu insurance

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानको साउन ३० गते नयाँ नेतृत्वको चुनाव

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ‘ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल’ (टान) को निर्वाचनमा अध्यक्षका प्रत्यासी निलहरि बास्तोलाले पर्वतीय पर्यटन व्यवसायलाई अब्बल बनाएर लैजाने बताएका छन् ।

बास्तोला समूहको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै व्यवसायी बास्तोलाले अग्रजहरुले देखाएको बाटोलाई आत्मसाथ गर्दै टानलाई अन्तराष्ट्रिय ब्राण्डिङ गर्न प्रतिवद्धताका साथ लाग्ने विश्वास व्यक्त गरेका छन ।

टानलाई व्यवसायीको हितमा समयसापेक्ष अघि बढाउन हामी प्रतिवद्धताका साथ दुई वर्ष काम गर्न चाहन्छौं, टानलाई इन्टरनेश्नल ब्राण्डिङ गर्न सम्पूर्ण समय खर्चिने छौँ, त्यसैले निर्वाचनमा निलहरि बास्तोला समूहलाई बिजयी बनाउन अनुरोध गर्दछु बास्तोलाले भनेका छन।

बास्तोलाले पर्वतीय व्यवसायलाई आगामी दिनमा कसरी लैजाने, बढी भन्दा बढी पर्यटक भित्र्याउने योजनासहितको अवधारणा निर्वाचन घोषणापत्रमा समेटिएको भन्दै नेतृत्वमा पुगेको खण्डमा योजना कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने बताएका छन ।

कार्यक्रममा पूर्व पर्यटन राज्य मन्त्री याङ्किला शेर्पाले बास्तोला समूह हरेक हिसावले सक्षम र अब्बल रहेकाले टानको साखलाई उचो बनाउन सबैले नेतृत्वमा पुरयाउनुपर्ने खाँचो औंल्याएकी छिन।
वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडेकाँजीले टानमा युवा भिजनरी समूहलाई नेतृत्वमा लैजान व्यवसायीले सचेत भएर मतदान गर्नुपर्ने बताएका छन ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारी बनाउन बास्तोला समूहलाई बिजयी गराउनुपर्ने बताएका छन् ।

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले सरकार तथा निजी क्षेत्रको साझेदारितामा पर्यटन प्रवर्द्धनका कामलाई गति दिन व्यवसायिक नेतृत्व जरुरी भएको उल्लेख गरेका छन् ।

टानका पूर्वअध्यक्ष दीपक महतले टानलाई व्यवसायीको साँझा संस्थाको रुपमा स्थापित गर्त बास्तोला समूहको जीत अनिवार्य भएको बताएका छन ।

टानका पूर्व अध्यक्ष रमेश धमलाले पर्वतीय पर्यटन व्यवसायभित्रका समस्यालाई निराकरण गर्दै व्यवसायमैत्री बताउन जरुरी रहेको बताएका छन ।

पर्यटन व्यवसायी कुमार थापाले व्यवसायीको भावनाअनुरुपको नेतृत्व विकासका लागि टानलाई सक्रिय बनाइनुपर्ने धारणा राखेका छन ।

भोली २०७९ साउन ३० गते हुने टानको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायीहरु निलहरि बास्तोला, कमल प्रसाद सापकोटा र बोधराज भण्डारीले प्यानल सहित उम्मेद्वारी दिएका छन् ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्यगरि कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित, एक जना पूर्वअध्यक्ष तथा एक जना टान गण्डकीका अध्यक्ष र बाँकी सदस्य मनोनीत गरिने व्यवस्था रहेको बताइएको छ ।

एक हजार ८५० व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार २ सय ५० मतदाता रहेका छन् ।