हिम पर्वत हाईड्रोपावर लि. र सि.बि.आई.एल क्यापिटल लि. बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता
काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सि.बि.आई.एल क्यापिटल लिमिटेड बिच त्रिपुरेश्वर, काठमाडौंमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता आज एक समारोहका बिच सम्पन्न भएको छ ।
उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गर्नुभयो ।
उक्त सम्झौता अनुसार सि.बि.आई.एल क्यापिटल लिमिटेडले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागुँखोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागुँखोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
वि.सं.२०७९ भदौ १ १६:४०

















