सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । सिद्धार्थ बैंकको ‘१०.७५% एस.बि.एल. डिबेन्चर ९ऋणपत्र० २०८९’ नेप्सेमा सूचीकृत भएको छ । मंगलबार मात्रै बैंकको १० वर्षे अवधि भएको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो ।
उक्त सूचीकरण सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् ।
बैंकले सर्वसाधारणमा निष्कासन गरेको ४० लाख थान अर्थात ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र वितरण भई साउन ३१ गते नेप्सेमा सूचीकृत भएको हो । उक्त ऋणपत्र भदौ १ गतेदेखि नै दोश्रो बजारमा कारोबारमा आइसकेको छ ।
वि.सं.२०७९ भदौ २ १७:२३




















