नेपालमा पहिलो पटक हिप्को इन्फ्रा प्रा. लि. बाट पिइबी उत्पादन
काठमाडौं । हिप्को इन्फ्रा प्रा. लि. ले नेपालमा पहिलो पटक नयाँ प्रविधि,अन्तराष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरहरूको प्रयोग गरि अन्तराष्ट्रिय गुणस्तर मापदण्ड ASTM,IS, NBC, MBMA अनुसारका उच्च गुणस्तरका प्रि इन्जिनिरेड विल्डिङ (पिइबी),एसेसेरिज लगायत CZ Purlin, Roofing Trims, Down spout,Curve sheet वार्षिक ५० लाख स्क्वायर फिट उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ। यस कम्पनीले नेपालको पहिलो फुल्लि इन्ट्रेग्रेटेड पिईबी मेनुफेक्चर रहेको जनाएको छ।
पिईबी लगायतका एसेसोरिजहरू प्रयोग गरि प्राकृतिक प्रकोपहरूबाट हुने भौतिक क्षतीलाई न्यूनीकरण गर्नुका साथै आधुनिक एवंम व्यवस्थित निर्माणलाई कम खर्चिलो र द्रुत गतिमा निर्माण सम्पन्न गर्न सकिने सो कम्पनीले जनाएको छ।
नेपालको इन्फास्ट्रक्चर डेभलपमेन्टलाई द्रुतगतिमा अगाडि बढाउन यो कम्पनीका उत्पादनले धेरै ठुलो योगदान गर्ने विश्वास लिइएको छ।
यो उद्योग नेपालको पहिलो ओैद्योगिक घराना गोल्छा अर्गानिक अन्तर्गतको हुँलास स्टिल ईण्डष्ट्रिज लिमिटेडको लगानीमा पर्सा जिल्लाको बेल्लामा रहेको छ।
हिल्को इन्फ्रा प्रा. लि. २०७८ माघ देखि उत्पादन सुरू गरेको थियो। यसले हिप्को सुपरबिइल्डको नामबाट आफ्ना उत्पादन बिक्री–वितरण गरिहेको छ।
कम्पनीका उत्पादन ओैद्योगिक कारखाना, वेयरहाउस,व्यवसायीक भवन, आवासिय भवन, मल्ट्रिस्टोरी अफिस विल्डिङ, पुल, विमानस्थल, रेलमार्ग,मेट्रो,स्वरूम,पार्टी प्यालेश,फुटसल र स्टोर लगायत अन्य थुप्रै संरचनाहरूको निर्माणमा गुणस्तरीय ,सुरक्षित,बलियो,टिकाउ, कम खर्चिलो र तीन टायम फाष्ट इन्टालेसन हुन्छ।
यस कम्पनीका उत्पादनहरू प्रयोग गर्दा निशुल्क परामर्श सेवा कम्पनीले दिदै आएको छ। यो उद्योगको स्थापना र उत्पादन सुरू भएसँगै देशमा नयाँ रोजगारी सिर्जना हुनुका साथै पिईबीको आयातमा कमीआई विदेशी मुद्राको बचत भएको छ। सरकारले पनि राजस्व संकलन केही बढाउन गएको देखिन्छ ।
वि.सं.२०७९ भदौ ९ ११:५०


















