सानिमा बैंकका ग्राहकलाई बुवाको मुख हेर्ने दिनमा विशेष छुट
काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।
यस अनुसार बैंकले ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि. (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्युआर कोड बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना भदौ ११ गते मात्र लागू हुने बैंकले जनाएको छ । सानिमा बैंकले देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।
वि.सं.२०७९ भदौ ९ १८:३७




















