back
stc
prabhu insurance

एनआइबीएल सहभागिता फन्डको लाभांश घोषणा

काठमाडौं ।एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७.२० प्रतिशत का दरले नगद लाभांश ९प्रतिफल० पाउने क्यापिटलले जानकारी गराएको छ ।

लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार बिहीबार भदौ ९ गते बुक क्लोज भएको छ । तसर्थ, भदौ ८ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।