भदौ ३१ गते प्रभु क्यापिटलको १४ औं वार्षिक साधारण सभा
काठमाडौं । प्रभु क्यापिटलको १४ औं वार्षिक साधारण सभा भदौ ३१ गते हुने भएको छ । उक्त वार्षिक साधारण सभामा प्रभु क्यापिटलले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।
कम्पनीले गत वर्षको नाफाबाट यो नगद लाभांश वितरण गर्न लागेको हो । वार्षिक साधारण सभा होटल एल्फट, छाँया सेन्टर ठमेल काठमाडौमा दिउँसो १२.३० बजे सुरु हुनेछ ।
वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
वि.सं.२०७९ भदौ १० १०:४०




















