back
stc
prabhu insurance

सानिमा बैंकले अबदेखि आइपीओ भर्दा आश्वा शुल्क नलिने

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्राथमिक शेयर आवेदन वापत ग्राहकहरुबाट आश्वा शुल्क नलिने भएको छ ।

सानिमा बैंकको आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको सूचनामा सि आस्वा वा आस्वा प्रणालीबाट सर्वसाधारणले सानिमा बैंकमा रहेको आफ्नो खातामार्फत् प्राथमिक शेयरमा आवेदन गर्दा निःशुल्क सेवा प्रदान गरिने उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक शेयरमा आवेदन गर्दा शेयर परे पनि नपरेपनि सर्वसाधारणबाट प्रति आवेदन १० देखि २० रुपैयाँसम्म शुल्क लिंदै आएका छन् ।

तर पछिल्लो समयमा थोरै संख्यामा शेयर जारी हुने र ठूलो संख्यामा आवेदन पर्ने भएको हुँदा आवेदन नपर्ने ग्राहकले समेत अनावश्यक रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्येक पटक सेवा शुल्क भुक्तानी गरिरहनु परेको भन्दै सर्वसाधारण लगानीकर्ताहरुले संगठितरुपमै निःशुल्क सेवा प्रदान गर्नको लागी नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका थिए ।

सोही अनुरुप बैंकले आफ्ना ग्राहकहरुलाई आइपीओ भरे वापतको आश्वा शुल्क नलिने जनाएको छ ।