back
prabhu insurance
himalayanlife

शिक्षा मन्त्रीलाई नेविसंघको २९ बुँदे ज्ञापन पत्र

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयले कक्षा ११ र अन्य तहका विद्यार्थीलाई चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताउनुभएको छ।

आइतबार नेपाली विद्यार्थी संघले समग्र शैक्षिक विकासका लागि संरचनागत समस्या सम्बोधन गर्न मागसहितको ज्ञापन(पत्र बुझे प्रश्चात मन्त्री पौडेलले यस्तो बताउनुभएको हो।

मन्त्री पौडेललाई विद्यार्थी संघले २९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । मन्त्री पौडेलले संघको ज्ञापन पत्रमा माग गरिएको पछिल्लो समयमा विद्यालयले विद्यार्थी भर्नामा चर्को शुल्क लिएको विषयमा अनुगमन गर्ने तयारीमा रहेको बताउनु भयो ।

उहाँले संघले उच्च शिक्षामा पनि बेथिति रहेको सुझाव दिएको भन्दै उच्च शिक्षामा रहेका समस्या समाधान गर्न मन्त्रालय गम्भीर रहेको बताउनु भयो।

मन्त्री पौडेलले उच्च शिक्षामा विदेशका विश्व विद्यालयबाट मान्यता प्राप्त भएर विद्यालय सञ्चालन भएरनभएको अनुगमन गरी छानबिन गर्ने बताउनु भयो। उहाँले छात्रवृत्तिको विषयमा लक्षित विद्यार्थीले नपाएको धेरै गुनासो आएकाले छात्रवृत्तिमा पनि लक्षित विद्यार्थीको पाएरनपाएको छानबिन गरिने बताउनु भयो।

उहाँले छात्रवृत्ति सरकारी विद्यालय भन्दा पनि निजी विद्यालयले दिएको भन्ने तर नदिने गरेको भेटिएको बताउनु भयो। मन्त्री पौडेलले छात्रवृत्ति पाउने लक्षित वर्ग छुट्याउने काम स्थानीय तहको भएकाले स्थानीय तहसँग सम्झौता हुने भएकाले स्थानीय निकायलाई सुझाव दिनुपर्ने बताउनु भयो।

मन्त्री पौडेलले पछिल्लो समय त्रिभुवन विश्व विद्यालयमा पढ्ने विद्यार्थी भन्दा पनि नपढ्ने विद्यार्थीको माग पूरा गर्न नसकेको गुनासो आएको बताउनु भयो।

उहाँले संघले त्यस विषयमा गम्भीरतापूर्वक मनन गर्नुपर्ने बताउनु भयो। उहाँले त्रिविमा तालाबन्दी सदाको लागि अन्त्य गर्नुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘‘कजेलले विद्यार्थीसँग अत्याधिक भर्ना शुल्क लिएको विषयमा मन्त्रालय आफैंले चासो राखेर विभिन्न क्याम्पस प्रमुखसँग छलफल गरेको छ।

विद्यालयले चर्को शुल्क लिएको विषयमा मन्त्रालयले छानबिन गर्ने प्रक्रियामा छौं। उच्च शिक्षामा पनि बेथिति रहेको भन्ने पश्न उठेको छ।

मन्त्रालयले छानबिन कमिटी बनाएर विदेशबाट सम्बन्ध प्राप्त गरेर सञ्चालन भएका ८६ वट विद्यालयको भौतिक भूर्वाधार, विदेशी विश्व विद्यालयबाट मान्यता प्राप्त छन् कि छैनन्। विदेशीको विश्वविद्यालय भए नभएको एकिन गरेर छानबिन कार्य थालेका छौं।’’

त्यस्तै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भर्खरै सम्पन्न एसईई परीक्षा उत्तिर्ण भएर कक्षा ११ मा भर्ना भएका विद्यार्थीको विद्यालयले भर्ना शुल्क ५० प्रतिशत छुट गर्न माग गर्नुभयो।

उहाँले कोरोना महामारीको मारमा परेका विद्यार्थीका अभिभावकलाई विद्यालयको भर्ना शुल्कको नाममा लुट्ने काम गरेको दाबी गर्नुभयो।

शेर्पाले विद्यार्थीबाट विद्यालयले चर्को शुल्क लिएर लुट्दा समेत विद्यार्थी संगठन र शिक्षा मन्त्रालय मुकदर्शक भएर बसेको बताउनु भयो। उहाँले विद्यालयले दिने छात्रवृत्तिमा मन्त्रालयको नीति भन्दा बाहिर गएर कक्षा ११, र १२ वा स्नातक तहमा समेत लक्षित वर्ग भन्दा बाहिरका विद्यार्थीले पाउने गरेको बताउनु भयो।

संघले शिक्षा मन्त्रीलाई एक महिनाभित्र चर्को शुल्क लिने विद्यालयलाई कारबाही गरी कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न मागसहित अन्य २९ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको छ।