back
stc
prabhu insurance

सानिमा बैंकको १० वर्षे डिबेन्चर नेप्सेमा सूचीकृत

काठमाडौं । सानिमा बैंक लिमिटेडको १० वर्ष अवधि र १० दशमलब २५ प्रतिशत ब्याजदर भएको डिबेन्चर नेप्सेमा सूचीकृत भएको छ ।

मंगलबार बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच अंकित तथा चुक्ता मूल्य १ हजार रहेको ५० लाख संख्यामा ऋणपत्रको सूचीकरण सम्झौता भएको हो ।

बैंकले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत् उक्त ऋणपत्र सर्वसाधारणलाई खुल्ला बिक्रीको लागि आह्वान गरेको थियो ।

यसरी सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण गरिएको हो ।

नेपाल स्टक एक्सचेन्ज र उक्त कम्पनीबीच सम्झौता भएको भोलिपल्ट बुधबारबाट उक्त ऋणपत्रको कारोबार हुने जनाइएको छ ।