back
stc
prabhu insurance

निर्यातमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिए

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ । आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्व ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि निकासी भने १करोड २५ लाख रुपैयाँ बरावरको मात्र गरेको छ।

यसरी चीनसँग नेपालको व्यापारघाटा १८ अर्ब ७० करोड २६ लाख रुपैयाँ बराबर रहेको छ । केन्द्रका अनुसार नेपालले चीनभन्दा बढी सामग्री निर्यात भारत, अमेरिकासहित १५ मुलुकसँग गरेको छ।

जर्मनी, बेलायत, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, टर्की, डेनमार्क, नेदरल्याण्ड, कम्बोडिया लगायतका मुलुकमा नेपाली वस्तुको निकासी चीनमा भन्दा बढी रहेको छ ।

आयात व्यापारमा भने नेपालले भारत र चीनपछि इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, यूएई, अमेरिका, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर युक्रेन लगायतका मुलुकबाट सबैभन्दा बढी आयात गरेको तथ्यांक छ।

विभागका कार्यकारी निर्देशक शरदविक्रम राणाले चीनसँग निर्यात व्यापार खस्कदै जानु चिन्ताजनक भएको बताएको आजको कारोबार दैनिकमा छ ।