back
stc
prabhu insurance

माछापुच्छ्रे बैंक बन्यो फुडमाण्डुको बैंकिङ पार्टनर

काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ ।

फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले हस्ताक्षर गरेका छन् ।

यसका साथै, बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाईन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २० प्रतिशत (बढिमा ३०००)सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

बैंकले आउँदै गरेको दशैं तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखि ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।