back
prabhu insurance
himalayanlife

रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बाँडफाँट भएको छ ।

कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावितलाई ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो ।

उक्त सेयरहरु रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई मंगलबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

आइपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं १ थुमन र वडा नं २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन दिएका थिए ।

यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ३ बृद्धम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं ६ धुन्चे तथा सामान्य प्रभावित जिल्लाका बाँकी सबै बासिन्दाहरुले पनि आवेदन दिएका थिए ।

सेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह–बिक्री प्रबन्धकहरु एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।