back
stc
prabhu insurance

तारागाउँ होटल्सको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । यो त्रैमासमा होटलले १८ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो कर अघिको नाफा हो । अघिल्लो वर्षको सोही अवधिमा भने ३ करोड ५० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

होटलले चौंथो त्रैमाससम्ममा कुल ८५ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । जसमध्ये सञ्चालन आम्दानी ७० करोड रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा भने १३ करोड ७१ लाख रुपैयाँ मात्र सञ्चालन आम्दानी गरेको थियो ।

हाल तारागाउँको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, रिजर्भ कोषमा ४४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

नाफा वृद्धि हुँदा पनि इपीएस भने अझै नोक्सानमा रहेको छ । होटलको प्रतिसेयर नोक्सानी २ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ६४ पैसा छ । अघिल्लो वर्ष तारागाउँको प्रतिसेयर नोक्सानी ४ रुपैयाँ १९ पैसा थियो ।