back
stc
prabhu insurance

ट्रान्स सिल्क टर्मिनललाई तातोपानी सुख्खा बन्दरगाह व्यवस्थापनको जिम्मा

काठमाडौं । सिन्धुपाल्चोकको जिल्लाको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह व्यवस्थापनका लागि सम्झौता भएको छ । शुक्रबार नेपाल इन्टर मोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनल कम्पनीबीच सम्झौता भएको हो ।

विकास समितिले बन्दरगाह व्यवस्थापनका लागि आह्वान गरेको ग्लोबल टेन्डरका आधारमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको हो । आयोजनाको कामको लागि प्रतिष्पर्धामा धेरै कम्पनी आए पनि बोलकबुलमा सहभागी तीन कम्पनीमध्ये ट्रान्स सिल्क टर्मिनलको प्रस्ताव स्वीकृत भएको समितिले जनाएको छ ।

कम्पनीले बन्दरगाह सञ्चालनको काम १० असोजदेखि काम थाल्ने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । पाँच वर्षका लागि दिइएको उक्त ठेक्का ११ करोड ७० लाख तोकिएको छ ।