back
stc
prabhu insurance

पेट्रोल पदार्थको मूल्य भारतबाट फेरि घटेर आयो

काठमाडौं । फेरि भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शुक्रबार प्राप्त नयाँ मूल्य अनुसार  डिजेल, पेट्रोल र  हवाई इन्धनको मूल्य घटेर  आएको नेपाल आयल निगमले जनाएको छ ।

जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको हो ।

भारतबाट निरन्तर पेट्रोलियम पर्दाथको मूल्य घटेर आए पनि निगमले नेपाली बजारमा भने समायोजन गरेको छैन ।

अझै पनि पेट्रोलमा ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजन नगरे पनि अझै मासिक २० करोड घाटा रहेको निगमको दाबी रहेको छ ।

पछिल्लो समय गत भदौ १६ गते भारतबाट मूल्य घटेर आए पनि निगमले घाटा मिलानको लागि भन्दै मूल्य समायोजन गरेको थिएन ।