back
stc
prabhu insurance

चाडपर्वको समयमा सबै प्रकारका चार पाङ्ग्रे सवारीसाधनलाई न्युरोड क्षेत्रमा प्रवेश निषेध

काठमाडौँ । चाडपर्वको समयमा हुने सवारी चाप घटाउन सबै प्रकारका चार पाङ्ग्रे सवारीसाधनलाई काठमाडौँको नयाँ सडक (न्युरोड) क्षेत्रमा प्रवेश गर्न शनिबारदेखि रोक लगाइएको छ।

सो क्षेत्रमा हुने सवारी चापलाई हेरेर यो व्यवस्था गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयले सूचना जारी गर्दै असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुञ्जेलसम्म सो क्षेत्रमा सवारीसाधनको प्रवेशमा रोक लगाइएको जनाइएको छ। यो व्यवस्था असोज १६ गतेसम्म कायम रहने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार नयाँ सडक प्रवेशद्वारबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चार पाङ्ग्रे सवारीसाधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ।