सुनको भाउ स्थिर, चाँदी भने घट्यो
काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यता, सोमबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर ११ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो
वि.सं.२०७९ असोज १० ११:४३




















