back
stc
prabhu insurance

डिशहोम फाइबरनेटले नयाँ योजना खुसीको साथी

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ योजना खुसीको साथी सार्वजनिक गरेको छ। खुसीको साथी अन्तर्गत ग्राहकहरुले मात्र ४१ हजार ७३९ रुपैयाँमा डीएचआई स्मार्ट टिभी, फाइभजी डुअल ब्यान्ड राउटर सहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्सक्रिप्सन साथै डिशहोम आईटिभीको एक वर्षको सब्सक्रिप्सन पनि प्राप्त गर्न सक्नेछन्।

डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिँदै ग्राहकहरुको मन जितिरहेको छ।

त्यस्तै दिनानु लोकप्रियता बढिरहेको, आईटिभीमा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् ।

खुशीको साथी, अन्तर्गतको उत्कृष्ट डीएचआई स्मार्ट टिभीमा ग्राहकहरुले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्नेछन् ।

परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरी डीएचआई स्मार्ट टिभीसहित यो योजना ल्याएको हो।