कामना सेवा विकास बैंकले ल्यायो फोनपे क्यूआर ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षक छुट अफर
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ ।
यो योजना अनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई १० असोजदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्नेछ ।
‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छोडौँ फोनपे गरौँ’ भन्ने नाराका साथ क्यूआर ग्राहकले क्यूआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा एक सय रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै फोनपेबाट क्यूआर, आईबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकले हरेक दिन एक लाख जित्न सक्नेछन् ।
साथै, फोनपे क्यूआरबाट भुक्तानी गर्दा व्यवसायीले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् । ग्राहकले यो लक्कीड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभल च्यालेन्स एसेप्ट गर्नुपर्दछ ।
वि.सं.२०७९ असोज १० ११:५३




















