back
stc
prabhu insurance

असोज ३१ गते आरबीबी मर्चेन्ट बैंकिङको वार्षिक साधारण सभा

काठमाडौं ।  आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले असोज ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले ७।५५ नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने अर्को एजेन्डा पनि छ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।