back
prabhu insurance
himalayanlife

मेनुमा अतिरिक्त रकम नलिन अदालतको आदेश

काठमाडौं । होटल तथा रेष्टुरेन्टहरूले मेनुमा लेखिएको भन्दा बढी शुल्क लिन नपाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

हाल केहि होटल तथा रेष्टुरेन्टहरूले सेवाग्राहीसँग मेनुमा उल्लेख भएको मूल्यबाहेक सेवा सेवा शुल्क तथा मूल्य अभिवृद्धि कर शीर्षकमा अतिरिक्त रकम लिने गरेकोमा काठमाडौं जिल्ला अदालतले उक्त अतिरिक्त रकम लिन नपाइने फैसला गरेको हो ।

काठमाडौंको बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली रिसोर्टले मेनुमा उल्लेख भएको मूल्यभन्दा बढी रकम लिएको विषयमा परेको मुद्दामा जिल्ला अदालतले मेनुमा तोकिएको मूल्यमका अतिरिक्त सेवा शुल्कबापत १० प्रतिशत र भ्याटबापत १३ प्रतिशत रकम उपभोक्ताबाट असुल गर्न नपाइने फैसला गरेको हो ।

हाल मेनुमा तोकिएको मूल्यको अतिरिक्त सेवा शुल्क बापत १० प्रतिशत र भ्याटबापत १३ प्रतिशत रकम  गरी  उपभोक्ताबाट  मेनुमा  लेखिएको  भन्दा  २४.३  प्रतिशत बढी रकम लिने प्रचलन रहेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।