back
stc
prabhu insurance

सिद्धार्थका तीनवटै म्युचुअल फन्डको न्याभ घट्यो

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य ९न्याभ० भदौ मसान्तमा १ रुपैयाँ ४२ पैसाले घटेर ९ रुपैयाँ ६० पैसा कायम भएको छ ।

साउन मसान्तसम्म यस फन्डको न्याभ ११ रुपैयाँ २ पैसा रहेको छ । यस फन्डले भदौ मसान्तसम्म ९३ करोड १७ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

साउनमा यसले १ अर्ब १ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले भदौसम्म कुल ७७ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । भदौसम्म यस फन्डको बैंक मौज्दात घटेर ७ करोड २ लाख १८ हजार रुपैयाँमा झरेको छ ।

साउनमा यसको बैंक मौज्दातमा १५ करोड ७५ लाख रुपैयाँ रहेको थियो । यस फन्डको मुद्दति निक्षेपमा १० करोड रुपैयाँ छ । भदौ मसान्तसम्म यो फन्ड ४ करोड ९९ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

यता, सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पनि भदौ मसान्तमा १ रुपैयाँ ३ पैसाले घटेर ९ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

साउन मसान्तसम्म यस फन्डको न्याभ १० रुपैयाँ ९८ पैसा रहेको छ । यस फन्डले भदौ मसान्तसम्म १ अर्ब १६ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । साउनमा यसले १ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

सिद्धार्थ इक्विटी फन्डले भदौसम्म कुल ८३ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । भदौसम्म यस फन्डको बैंक मौज्दात घटेर १४ करोड ६९ लाख रुपैयाँमा झरेको छ ।

साउनमा यसको बैंक मौज्दातमा १८ करोड ६० लाख रुपैयाँ रहेको थियो । यस फन्डको मुद्दति निक्षेपमा ५ करोड रुपैयाँ छ । भदौ मसान्तसम्म यो फन्ड ५ करोड ६ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) को न्याभ भदौ मसान्तमा ७ रुपैयाँ ९४ पैसा कायम भएको छ । न्याभ साउनको तुलनामा ३० पैसाले थोरै हो ।

साउनमा यस फन्डको न्याभ ८ रुपैयाँ २४ पैसा थियो । यस फन्डले साउन मसान्तसम्म १३ करोड ६ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । साउनमा यसले १३ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

योजनाले साउनसम्म कुल ६७ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । भदौसम्म यस फन्डको बैंक मौज्दात बढेर ३ करोड ५३ लाख रुपैयाँ कायम भएको छ ।

साउनमा भने बैंक मौज्दातमा ३ करोड ११ लाख रुपैयाँ मात्र रहेको थियो । यस योजनाको मुद्दति निक्षेपमा ३ करोड रुपैयाँ छ । साउन मसान्तसम्म योजना ३७ लाख ३० हजार रुपैयाँ नोक्सानमा रहेको छ ।mutual_new_img_11_2_2018_8_17_06.jpeg