back
stc
prabhu insurance

विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुुनःजीवित पार्न आह्वान

एजेन्सी । विश्व व्यापार संगठन -डब्लूटीओ_ ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लूूटीओकी महानिर्देशक एनगोजी ओकोन्जो इबेलाले बताइन् ।

आर्थिक वृद्धिलाई पुुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेन युद्ध, खाद्यान्न मूल्य, उर्जाको झट्का र कोभिड महामारीको परिणामले विश्व मन्दीको अवस्था सृजना गरेको छ ।

‘अब हामीले आगामी मन्दी जस्तो देखिने मौसमको सामना गर्नुपर्नेछ’, उनले जेनेभामा ग्लोबल ट्रेड निकायको वार्षिक सार्वजनिक फोरमको उद्घाटनमा भनिन्, ‘मलाई लाग्छ विश्वव्यापी मन्दी । मलाई लाग्छ हामी विस्तारै अगाडि बढ्दै गरेको पनि त्यही हो ।

तर, रिकभरीको लागि पनि हामीले सोच्न सुरु गर्नुुपर्छ । हामीले आर्थिक वृद्धि पुन जगाउनुपर्छ ।

उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुबैले विश्वव्यापी वृद्धि प्रक्षेपणलाई घटाएको उल्लेख गरिन । व्यापार संख्याका सूचकहरू ‘धेरै राम्रो नदेखिएको’ उनले बताइन् ।

नाइजेरियाको पूर्व अर्थ र विदेशमन्त्री इबेलालो केन्द्रीय बैंकहरु कसिलो ठाउँमा रहेको बताउँदै अगाडिको मार्गमा थोरै छनौट रहेको बताइन् ।