जापानमा महिलाको औसत तलब पहिलो पटक ३० लाख येन पुर्याइयो
एजेन्सी । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन ९२० हजार ८६७ अमेरिकी डलर पुगेको सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।
राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन ९३० हजार ६ सय १३ डलर० थियो । जुन सन् २०२० को तुलनामा २।४ प्रतिशतले बढी हो ।
सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन ९३७ हजार ६ सय ६१ डलर० थियो । सन् २००२ यताकै उच्च हो तर सन् १९९७ मा ५७ लाख ७० हजार येन (३९ हजार ८ सय ७२ डलर) भन्दा कम हो । जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ ।
वि.सं.२०७९ असोज १२ २१:५६




















