back
stc
prabhu insurance

कात्तिक ४ गते गुराँस लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाए

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज १२ गते बसेको संञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

वार्षिक साधारण सभाले समितिबाट पेश भएको यूनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ
इन्स्योरेन्ससँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।