back
stc
prabhu insurance

लघुबिमा लाइसेन्सका लागि ३१ कम्पनीले दिए आवेदन

काठमाडौं । लघुबिमा कम्पनी सञ्चालनका लागि ३१ वटा कम्पनीले आवेदन दिएका छन् । बिमा समितिमा ३१ कम्पनीले लाइसेन्सका लागि आवेदन गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जनाकारी दिए ।

समितिले गत भदौ १० गते ३५ दिनभित्र लाइसेन्सका लागि आवेदन माग गरेको थियो । जसअनुसार स्वेदशी लघु जीवन बिमा, जानकी जीवन बिमा, गार्डेन माइक्रो लाइफ, कर्णाली माइक्रो इन्सुरेन्स, नेओ लाइट माइक्रो ९जनरल० इन्सुरेन्स, नेपाल माइक्रो इन्सुरेन्स, एभरेष्ट माइक्रो इन्सुरेन्स रहेका छन् ।

त्यस्तै, मुक्तिनाथ जनरल माइक्रो, मुक्तिनाथ माइक्रोलाइफ इन्सुरेन्स, गरिमा माइक्रो इन्सुरेन्स, गण्डकी इन्सुरेन्सलगायतले आवेदन दिएका छन् ।

बिमा कम्पनीको संख्या धेरै भएको भन्दै मर्जर तथा एक्विजिसनका लागि बिमा कम्पनीहरुलाई दबाब दिँदै आएको बिमा समितिले सातै प्रदेशमा लघु बिमाको इजाजतपत्र वितरणका लागि सार्वजनिक रुपमा आवेदन मगेको हो ।

गत चैतमा बिमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ । निर्देशनअनुसार एक वर्षभित्र जीवन बिमा कम्पनीले कम्तीमा ५ अर्ब र निर्जीवन बिमा कम्पनीले कम्तीमा साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

हाल २० वटा निर्जीवन, १९ वटा जीवन र २ वटा पुनर्बिमा गरी जम्मा ४१ कम्पनी सञ्चालनमा छन ।