back
prabhu insurance
himalayanlife

स्थायी तरलता सुविधाको भुक्तानी अवधि सात दिन मात्र

काठमाडौं । स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयवधि हाल सात दिन मात्र कायम रहेको छ ।

तर, सात दिन वा सो भन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदा पश्चात कार्यालय खुल्ने दिनसम्मको लागि कायम गर्न बाधा पुगेको नमानिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंकले बिहिवार सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको  नाममा  परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धी कार्यबिधि २०७८ को परिच्छेद –१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ ९६० मा संसोधन गर्दे सुरक्षण धितोपत्र कारोबार सम्बन्धी सम्झौता गरी स्थायी तरलता सुविधा उपभोग गर्न योग्य सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्यान्वयनमा आउने गरी व्यवस्था गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।