राष्ट्रपतिले बडादसैँको टीका ईच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइ दिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको टीका ईच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् ।
उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैँको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडादसैँको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ ।
टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।

वि.सं.२०७९ असोज १३ १७:१८




















