कुमारी बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौं । कुमारी बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८.७९ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १२ दशमलव ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले आर्थिक बर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात शेयरधनीहरुले लाभांश पाउने छन् ।
वि.सं.२०७९ असोज १४ १३:०५



















