back
stc
prabhu insurance

एनआईसी एशियाका ग्राहकरूलाई भाटभटेनीमा १० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाटभटेनी सुपरमार्केटमा सामान खरीद गर्दा दश प्रतिशतसम्म छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंकका ग्राहकहरूले आफ्नो डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा भाटभटेनीमा अधिकतम १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका पर्वको अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ आश्विन १ गते देखि २०७९ कात्तिक १५ सम्म भाटभटेनीबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिदमा डिजिटल भुक्तानी गर्ने ग्राहकहरूलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले यस अघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाटभटेनी सुपरमार्केट लगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ ।

एन आईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।