back
stc
prabhu insurance

नबिल इक्विटी र ब्यालेन्स्ड फन्ड–२ को लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश घोषणा भएको छ ।

नबिल इन्भेष्टमेन्टको मंगलबार बसेको सञ्चालक समिति बैठकले नबिल इक्विटी फन्डका इकाईधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) दिने निर्णय गरेको हो ।

यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई पनि करसहित ७ प्रतिशत नगद दिने निर्णय भएको क्यापिटलले जानकारी गराएको छ ।

यता, नगद लाभांश वितरण प्रयोजनका लागि नबिल इन्भेष्टमेन्टले बुक क्लोज मिति पनि तय गरेको छ ।

दुवै फन्डको बुक क्लोज मिति कात्तिक १८ गते तोकिएको छ । तसर्थ, कात्तिक १७ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित नगद प्रतिफल पाउन सक्नेछन् ।