back
stc
prabhu insurance

कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंकको लाभांश स्वीकृत गरेको छ । कुमारी बैंकको आर्थिक वर्ष २०७८०७९ को वित्तीय विवरण तथा बैंकले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।

हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् । मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ ।