दर्ता नभएका व्यवसाय ३० दिनभित्र दर्ता गर्न महानगरको आग्रह
काठमाडौं । काठमाडौँ महानगरपालिकाले दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। महानगरको राजश्व विभाग सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्द महानगरमा दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो।
सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेतले समेत महानगरपालिकामा व्यवसाय दर्ता गर्नु पर्ने र दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएकोले दर्ता गर्न महानगरले आग्रह गरेको हो।
महानगरले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न अनुरोध गरेको छ।
महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौँ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा ९ग० बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने महानगरले जनाएको छ।
साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची –७ को बुदा नं, ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रूपमा लिई व्यवसाय कर असुली गरिने समेत महानगरले जनाएको छ।
वि.सं.२०७९ कात्तिक १ १०:३०




















